सिमरामा स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार

`

     २०८२ मंसिर ०५ गते ३:५०

काठमाडौं, ४ मंसिर । सिमरामा प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

बाराको सिमरा यतिबेला जेन–जी प्रदर्शनका कारण अशान्त रहेको छ । नेकपा ९एमाले० का महासचिव शंकर पोखरेल र पोलिटव्यूरो सदस्य महेश बस्नेत पार्टीको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै आउने जानकारी पाएपछि जेन–जी समूहहरुले विरोध प्रदर्शन गरेका थिए ।

जेन–जीको विरोधका कारण हिजो सिमरामा हुने सबै उडान रद्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?