सभामुख रामचन्द्र मण्डल विरूद्धको अविश्वास प्रस्ताव पारित

`

     २०८२ मंसिर ०४ गते ६:१८

वीरगञ्ज, मंसिर ३ । मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल विरूद्धको अविश्वास प्रस्ताव पारित भएको छ।

बुधबार बसेको प्रदेश सभा बैठकले अविश्वासको प्रस्ताव पारित गरेको हो।

बैठकमा प्रदेश सभा सदस्य ७८ जना सदस्य उपस्थित थिए। जसमध्ये सभामुखले पद अनुकूल आचरण प्रस्तुत नगरेको भन्ने प्रस्तावको पक्षमा ७६ मत खसेको छ भने विपक्षमा शून्य मत खसेको उपसभामुख बबिता कुमारी राउत ईशरले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?