काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको छलफलमा सहभागी हुन विभिन्न दलका नेताहरू सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता भएका सबै दलका नेताहरू छलफल आयोजना गरेकी हुन् ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको प्रक्रिया चलिरहेका वेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि प्रधानमन्त्रीले संयुक्त छलफल गर्न लागेकी हुन् ।
छलफल ४ बजेलाई बोलाइए पनि नेताहरू पुग्ने क्रम जारी रहेकाले केहीबेरपछि सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र जेनजी प्रतिनिधिहरुसँग अलग अलग र संयुक्त छलफल गरिसकेकी छन् ।




