निर्वाचन आयोगले राष्ट्रिय जनमत पार्टीलाई दियो दल दर्ताको प्रमाणपत्र

`

     २०८२ मंसिर ०३ गते ३:२९

काठमाडौं, २ मंसिर । राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । सो पार्टीका नेताहरुले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर दल दर्ताको प्रमाणपत्र लिएका हुन् ।

मधेशको सबै समस्या समाधान गर्नका लागि आफूले निर्वाचनमा भाग लिने उद्देश्यका साथ दल दर्ता गरी त्यसको प्रमाण पत्र बुझेको सो पार्टीका नेता इरफान हमसेखले बताए ।

उनले आफूहरूले मधेशको समस्या बुझेकाले समाधान गरेर अघि बढने जिकीर समेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?