काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति दियो

`

     २०८२ मंसिर ०३ गते २:४३

काठमाडौं, मंसिर २ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार सार्वजनिक शान्ति विरूद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?