जेनजीका माग पूरा नभइकन निर्वाचन नहुने सुदन गुरुङको दाबी

`

     २०८२ कार्तिक २८ गते १२:१३

काठमाडौँ, २७ कात्तिक । जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीले राखेका मागहरू पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन् । बिहीबार बिहान लैनचौरस्थित खड्का ल्यान्ड प्रालिले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन् ।

उनले केही बाहेकका सबै जेनजीहरु एक ठाउँमा रहेको भन्दै माग पूरा हुनुपर्ने बताए । जेनजीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताए । जेनजीका हरेक वार्ताहरूमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिएको भए पनि अहिले त्यसअनुसार काम नभइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?