म्यानमारमा महोत्सवमा प्याराग्लाइडरबाट बम आक्रमण हुँदा २४ जनाको मृत्यु

`

     २०८२ आश्विन २२ गते ३:०६

काठमाडौँ, असोज २२ । मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनको क्रममा प्याराग्लाइडरको आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टमा सो घटनामा ४७ जना घाइते भएका छन् ।

चाउङ-यू टाउनशिपमा थाडिङयुत उत्सवमा १०० जना भन्दा बढीले भाग लिएको अवस्थामा मोटराइज्ड प्याराग्लाइडरबाट भीडमा दुईवटा बम खसालिएको बताइएको छ । यो उत्सव बौद्ध धर्मसँग सम्बन्धित रहेको थियो ।

यो उत्सवमा जुन्टाको नीतिहरूको विरोधमा मैनबत्ती बाल्ने कार्यक्रम पनि समावेश थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?