प्रधानमन्त्री कार्कीले ४४ वटा देशमा रहेका राजदूतहरूसँग छलफल गर्ने

`

     २०८२ आश्विन २२ गते ११:४८

काठमाडौँ, २२ असोज । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएकी छिन् ।

आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्कीले ४४ वटा देशमा रहेका राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्ने भएकी हुन् । देशको पछिल्लो अवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा प्रधानमन्त्री कार्कीले राजदूतहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?