काठमाडौं, असोज २१ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध अदालतले प्रहरीको माग बमोजिम पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार यस विषयमा थप प्रमाण पेश गर्न आदेश दिएको हो ।




