काठमाडौँ, असोज २० । भारतको ओडिशास्थित कटकमा दुई समुदायबीच तनाव र हिंसात्मक घटनाहरू पछि इन्टरनेट र सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द गरिएको छ । तनाव बढेपछि शहरका अधिकांश भागहरूमा ३६ घण्टाको कर्फ्यू लगाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
विश्व हिन्दू परिषद्ले सोमबार कटकमा १२ घण्टाको बन्दको आह्वान समेत गरेको छ। दुई दिनअघि दुर्गा पूजा विसर्जनको क्रममा भएको झडपपछि शहरमा तनाव कायमै रहेको छ।
आइतबार अनुमति नदिए पनि, विश्व हिन्दु महासंघका कार्यकर्ताहरूले बाइक र्याली आयोजना गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई रोकेको र विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि ढुङ्गा प्रहार गरियो, जसमा आठ प्रहरी घाइते भएको बताइएको छ ।




