काठमाडौं, असोज ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश छाडेर आफूहरु नभाग्ने स्पष्ट गरेका छन् ।
बिहीबार भक्तपुरमा युवा संघ नेपालले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शीर्ष नेताको पासपोर्ट रद्द गर्ने चर्चा चलिरहेको बेला हाहुँबाट बनेको सरकारलाई छाडेर आफूहरु विदेश नभाग्ने बताएका हुन् ।
ओलीले आफ्नो घरको लोकेसन ट्रयाक गरेर घर घेर्न आउन खोजिएको भन्दै सरकारले दिनुपर्ने बताएका छन् ।
जेनजी आन्दोलनको दुरुपयोग गरेर संसद भवन र सिंहदरबारमा आगो लगाइएको बताउदै छानीछानी तोडफोड र आगजनीको काम जेनजीले नगरेको बताए ।




