प्रचण्डले कार्यकारी भूमिका छाड्छु भन्नुभएको हो

`

     २०८२ आश्विन १० गते ३:०५

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राजनीतिकरूपले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव सही आएको विश्लेषण गरेका छन्।

बिहीबारबाट सुरू भएको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले पार्टी आम रूपमा रूपान्तरण हुनुपर्छ, राजनीतिक रूपमा, विचारको रूपमा नयाँ उचाइमा जानुपर्छ र कार्यशैली–नेतृत्व प्रणालीमा क्रमभंग गरिनुपर्छ भन्ने अध्यक्षको प्रस्ताव ठीक भएको बताएका हुन्।

‘पार्टी आम रूपमा रूपान्तरण हुनुपर्छ, राजनीतिक रूपमा, विचारको रूपमा नयाँ उचाइमा जानुपर्छ। कार्यशैलीमा र नेतृत्व प्रणालीमा क्रमभंग गरिनुपर्छ भन्ने अध्यक्षको प्रस्ताव ठीक छ। यो प्रस्तावमा कसरी जाने भन्दा महाधिवेशन हुँदै एउटा बहस गरेर जाने,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?