दाइ-भाउजूले के भन्छन् त्यो मेरो विचार नभन्नुस्

`

     २०८२ आश्विन ०९ गते ३:१७

काठमाडौं, असोज ९ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाा पुस्ताको अनुहार हेरेर उनीहरूले खोजेको परिवर्तन सम्भव बनाउने गरी अघि बढ्नुपर्ने बताएका छन्।

‘लोकतन्त्र र संविधाननै खतरामा परेको बेला तपाईंले जोगाउने गुट होइन, तपाईं-हामीले जोगाउने र जगाउने विवेक हो । त्यो विवेकको जगमा पार्टी, लोकतन्त्र र देशलाई उभ्याउने हो । दाइले, भाउजुले, काकाले, काकीले के भन्छन्- त्यो मेरो विचार नभन्नोस्घ। रमा रहेका साना नानीबाबुको अनुहार हेर्नुस्, तिनले खोजेको परिवर्तन सम्भव तुल्याउने गरी अबको बाटो पहिल्याउनोस्’ ।

सप्तरीमा आगजनीमा परेको कांग्रेस जिल्ला कार्यालयको स्थिति अवलोकनपछि बिहीबार पार्टीका कार्यकर्ताहरूसँग कुराकानीका क्रममा महामन्त्री शर्माले उक्त कुरा भनेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?