जबरजस्ती पदमा टाँसिने मान्छे म होइन

`

     २०८२ आश्विन ०९ गते १२:४८

काठमाडौँ, ९ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाहिर प्रचार गरिएजस्तो आफूमा पदलोलूपता नभएको बताएका छन् ।

राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले यस्तो धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रचण्डले भने- आज जे देखिँदैछ, त्यसलाई शब्दले बयान गर्न पनि गाह्रो भइरहेको छ। यस्तो अवस्थामा आन्दोलनलाई सुदृढ बनुउन विशेष महाधिवेशनसम्म जानुपर्ने देखिएको छ।

नेतृत्व हस्तान्तरणबारे निरन्तर छलफल हुँदै आएको उल्लेख गर्दै आफूदलाई पदमा बसिराख्नुपर्छ भन्ने नलाग्ने बताए। उनले भने- नेतृत्व हस्तान्तरण प्रक्रियामार्फत हुनुपर्छ भन्ने पक्षमा म छु। जबरजस्ती पदमा टाँसिने मान्छे म होइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?