विद्यार्थीहरूद्वारा भाजपा कार्यालयमा आगजनी

`

     २०८२ आश्विन ०८ गते ६:१३

एजेन्सि, ८ असोज । केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित बुधबार लेहमा हिंसात्मक प्रदर्शन भएका छन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूको प्रहरी र सुरक्षा बलसँग झडप भएको छ।

प्रदर्शनकारी विद्यार्थीहरूले भारतीय जनता पार्टी  कार्यालयमा आगजनी गरेका छन् भने प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए। यस्तै, उनीहरूले केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) को गाडीमा समेत आगजनी गरेका छन्।

स्थिति नियन्त्रणमा लिन प्रशासनले लेह क्षेत्रमा अनुमति बिना कुनै पनि र्‍याली वा प्रदर्शन गर्न नपाइने गरी प्रतिबन्ध लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?