काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज अस्पतालबाट डिस्चार्ज हुन लागेका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेर घाइते भएका सभापति देउवा र पत्नी डा। आरजु राणा उपचारपछि आज डिस्चार्ज हुन लागेका हुन् । आन्दोलनकारीले सभापति देउवाको काँधमा प्रहार गरेकाले टाँका लगाउनु परेको बताइएको छ । हाल टाँका निकालिएको र स्वास्थ्यमा सुधार भएकोले आज अस्पतालबाट डिस्चार्ज गरिने उनी निकट नेताहरुले बताएका छन् ।




