काठमाडौँ, ६ असोज । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशमा ठुलो भौतिक क्षति भएको छ । प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार आन्दोलनको क्रममा भएका तोडफोड, आगजनी र हिंसात्मक गतिविधिबाट ६९१ सवारीसाधनमा क्षति पुगेको छ ।
प्रहरीको तथ्याङ्कअनुसार, क्षतिग्रस्त सवारीसाधनमध्ये १५७ वटा सरकारी कार्यालयमा प्रयोग हुने चार पाङ्ग्रे गाडी रहेका छन् । दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी कुल ६९१ सवारीसाधनमा क्षति पुगेको हो ।




