नयाँ मन्त्रीको शपथ २ बजे गर्ने तयारी

`

     २०८२ आश्विन ०६ गते ११:२१

काठमाडौँ, असोज ६ । मन्त्रीमा सिफारिस भएका चार जनाको शपथ आज हुने भएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासले अपराहन्न २ बजे शपथ गराउने गरि तयारी गरिरहेको जानकारी दिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, डा. संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।

तर डा. मिश्राको विषयमा प्रश्न उठेपछि उनको शपथ भने रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?