गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने

`

     २०८२ भाद्र २७ गते ५:०१

काठमाडौँ, २७ भदौ । गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने भएको छ । जेनजी आन्दोलनका क्रममा अहिलेको गृह मन्त्रालय बसेको भवन ध्वस्त भएको र सो मन्त्रालय राख्ने उद्देश्यका साथ यसअघि नै बनाइएको नयाँ भवन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रयोग गर्नुपर्ने भएपछि पुरानो सामान्य प्रशासन मन्त्रालयमा सार्न लागिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पनि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?