जेन-जी र माओवादीले उठाएको मुद्दा एउटैः प्रचण्ड

`

     २०८२ भाद्र २६ गते १०:४५

काठमाडौं, २६ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी युवा र आफ्नो पार्टीले उठाइरहेको मुद्दा समान रहेको बताएका छन् । उनले आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सुशासनको विषयमा निर्णायक पहलकदमी लिएको स्मरण गराएका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसदहरु मन्त्री बन्न नपाउने र उच्चपदस्थ कर्मचारी तथा नेताहरुको सम्पत्ति छानबीनका लागि अधिकारसम्पन आयोगका पक्षमा माओवादीले आवाज उठाएको पनि उनले बताएका छन् ।

जेन–जी पुस्ताले समेत माओवादीले नै उठाएको मुलभूत मुद्दालाई लिएर आन्दोलनमा उत्रनु गर्वको कुरा रहेको प्रचण्डले बताएका छन् । जेन–जी पुस्ताले आन्दोलनको घोषणा गरेपछि माओवादीले त्यसको समर्थन गर्दै आन्दोलनमा बल प्रयोग नगर्न सरकारलाई खबरदारी गरेको पनि प्रचण्डले स्मरण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?