सिंहदरबार जेन-जी को कब्जामा

`

     २०८२ भाद्र २४ गते २:१४

काठमाडौं, २४ भदौ । जेन–जी प्रदर्शनकारीहरु सिंहदरबारभित्रै प्रवेश गरेका छन् । आज विहानैदेखि प्रदर्शनमा उत्रिएका जेन–जीहरु केहीबेर अगाडि सिंहदरबार छिरेका हुन् ।

सूचीकृत नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय र भ्रष्टाचारको विरुद्धमा जेन–जी पुस्ताले हिजोदेखि प्रदर्शन सुरु गरेका छन् । जेन–जीको प्रदर्शको क्रममा सरकारले हिजो व्यापक दमन गरेको थियो । सरकारको दमनको कारण १९ जेन–जीले ज्यान गुमाउनुपरेको थियो ।

सरकारले जेन–जीमाथि व्यापक दमन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । जेन–जीहरुले आजको शीर्ष नेताहरुको घर, पार्टी कार्यालय र प्रहरी कार्यालयहरुमा आजजनी र तोडफोड गरेका छन् । सो क्रममा नेकपा (एमाले) को पार्टी कार्यालय, नेपाली कांग्रेसको पार्टी कार्यालय, एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवा निवास, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासलगायतका स्थानमा जेन–जीहरुले तोडफोड र आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?