काठमाडौँ, भदौ १८ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन देश भित्र र बाहिर रहदा सधै समाचारमा हुने गर्दछन् । चीन पुगेको बेला किमले उनकी छोरी किम जु ए पनि साथै लिएर गएको विषय अहिले चर्चामा रहेको छ ।
जु एलाई किम जोङ उनको उत्तराधिकारी मानिन्छ । जु पहिलो पटक आफ्नो बुबासँगै देशबाट बाहिर आएकी हुन् । १२ बर्षकी जु-ए १२ किमकी एक्ली सन्तान हुन् । उनी २०२२ देखि आफ्नो बुबासँग सैन्य परेड, हतियार परीक्षण र अन्य महत्त्वपूर्ण कार्यक्रमहरूमा भाग लिँदै आएकी छिन् ।




