प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

`

     २०८२ भाद्र १८ गते ४:०६

बेइजिङ, १८ भदौ । चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । गत शनिबार चीन भ्रममा गएका  ओली बुधबार स्वदेश प्रस्थान गरेका हुन् ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ,उपराष्ट्रपति हान चङ्ग,रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग भेटवार्ता गरेका थिए ।

एससिओ शिखर सम्मेलनका दौरान ओलीले विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?