काठमाडौं, १७ भदौ । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) ले पार्टीको सचिवालय बैठक बोलाएको छ।
यही भदौ १९ गते दिउँसो ३ बजे बस्नेगरि सचविालय बैठक बोलाईएको हो । भदौ २० गतेदेखि विधान महाधिवेशन सुरु हुँदैछ । त्यसको लागि राजनीतिक, सांगठनिक, विधान संशोधन र आयोगका प्रतिवेदन पारित गर्ने भनिएको छ।




