काठमाडौँ, भदौ १६ । अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या ८०० नाघेको छ ।
आइतबार राति आएको ६.३ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म ८१२ भन्दा बढीको मृत्यु भएको अफगानिस्तानको विपद प्राधिकरणलाई उल्लेख गर्दै टोलोन्यूजले जानकारी दिएको छ । भूकम्पबाट अहिलेसम्म २८ सयभन्दा बढीघाइते भएका छन् भने ठूलो संख्यामा घरहरू ध्वस्त भएको बताएका छन् ।
अहिले राहत र उद्धारको काम जारी रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।




