काठमाडौँ, भदौ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रूपन्देही-३ का लागि उम्मेदवार छान्न गरिएको प्राइमरी निर्वाचनमा धाँधली भएको उजुरी परेको छ ।
रूपन्देही-३ को प्राइमरी निर्वाचन भदौ १२ र १३ गते संचालन गरिएको थियो । तर सो निर्वाचनमा अधिकांश सदस्यले मतदान नै गर्न नपाएको र युजर नेम र पासवर्ड समेत समयमा नदिइएको उजुरी केन्द्रीय कार्यालयमा परेको स्रोतले जानकारी दिएको छ ।
अनलाइन गरिएको मतदानमा पार्टी सदस्य र दलको केन्द्रीय कार्यसमिति सदस्य गरि कुल २७७८ मतदाता रहेपनि आधाले मात्र मतदान गरेको खुलेको छ । रास्वपाका एक नेताले यस प्राइमरी निर्वाचनमा केवल ५६ प्रतिशत मतदान भएको छ ।




