नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

`

     २०८२ भाद्र १३ गते १२:४९

काठमाडौं, १३ भदौ । नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । आज  बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो बरियतामा रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङलाई नेपाल प्रहरीको ३२औं महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा अगामी भदौ १८ गतेबाट अनिवार्य अवकाशमा जाने भएपछि खापुङलाई नयाँ आईजीपी नियुक्त गरिएको हो । नवनियुक्त आईजीपी खापुङले अगामी भदौ १९ गतेदेखि कार्यभार सम्हाल्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?