काठमाडौँ, भदौ १३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान पुगेका छन् । प्रधानमन्त्रीको रूपमा यो मोदीको ८ औं जापान भ्रमण हो । टोकियोको एक होटलमा स्थानीय कलाकारहरूले गायत्री मन्त्रसहित उनको स्वागत गरेका थिए ।
प्रधानमन्त्री मोदीले यस भ्रमणका क्रममा १५औं भारत(जापान वार्षिक शिखर सम्मेलनमा भाग लिने भारतीय मिडियाहरुले उल्लेख गरेकाछन् । यस सम्मेलनमा दुई देशहरू बीचको रणनीतिक र आर्थिक साझेदारीलाई अझ सुदृढ पार्ने बारेमा छलफल हुने बताइएको छ ।
जापान प्रस्थान गर्नुअघि मोदीले सामाजिक सञ्जालमा यो भ्रमणको उद्देश्य भारत र जापान बीचको विशेष रणनीतिक र विश्वव्यापी साझेदारीलाई सुदृढ पार्नु रहेको बताएका छन् । मोदी जापान पछि, उनी अगस्ट ३१ मा चीन पुग्ने कार्यक्रम रहेको छ ।




