काठमाडौं, भदौ ९ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरूले आज पनि माइतीघरमा धर्ना दिएका छन्।
उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको बक्यौता अनुदान रकम प्रतिक्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने माग छ।
हिजोदेखि उखुसहित माइतीघरमा धर्ना बसेका उनीहरुले आज पनि यसलाई निरन्तरता दिएका हुन्।




