काठमाडौं, ९ भदौ । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा भियतनामी उपराष्ट्रपतिको नेपाल भ्रमणका क्रममा राजधानीमा विशेष शिष्टाचार भेट सम्पन्न भएको छ।
सोल्टी होटलमा आयोजना गरिएको कार्यक्रममा भियतनाम समाजवादी गणराज्यकी उपराष्ट्रपति भो थि आन सुआनसँग व्यवसायीहरुले भेट गरेका हुन्। नेपालतर्फबाट वियतनामका मानार्थ कन्सुल राजेशकाजी श्रेष्ठको नेतृत्वमा नेपाल–भियतनाम चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका पदाधिकारीहरूले सहभागिता जनाएका थिए।
सो अवसरमा चेम्बरका अध्यक्ष दीपककुमार मल्होत्रा, वरिष्ठ उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षहरू सुरेशमान श्रेष्ठ र सुनिलभक्त श्रेष्ठ, सल्लाहकार किरणकुमार श्रेष्ठ, महासचिव गोपाल दास मानन्धर, कोषाध्यक्ष कवीकुमार तिब्रेवाला, सचिव पहलमान गुरुङ र कार्यकारी सदस्य उर्मिला श्रेष्ठलगायतले उपराष्ट्रपति सुआनलाई स्वागत गरेका थिए।




