कांग्रेस–एमालेले राज्य शक्तिको दुरूपयोग रोक्नुपर्ने वर्षमान पुनको जिकिर

`

     २०८२ भाद्र ०४ गते ८:०८

काठमाडौं, भदौ ४ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारूढ दुई ठूला दल कांग्रेस र एमालेले प्रतिपक्षमा रहेका साना दलहरूप्रति प्रतिशोध साँध्न उद्धत रहेको बताएका छन्।

कांग्रेस नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेश्रो स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक विमर्श कार्यक्रममा बोल्दै पुनले राज्य शक्तिको दुरूपयोग रोक्न माग गरेका हुन्।

गल्ती गर्ने जो कोही कानून र अनुसन्धानभन्दा माथि नहुने भए पनि प्रतिशोध स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो।

‘दुई ठूला पार्टीहरू सरकारमा हुनुहुन्छ। तपाईंहरूसँग बढी जिम्मेवारी छ। दुई पार्टी मिलेर साना दलहरूलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखिएको छ’, पुनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?