सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

`

     २०८२ भाद्र ०२ गते ५:०८

काठमाडौँ, भदौ २ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भाद्र २ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विभिन्न तहमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक पदमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा १ जना, सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा ४८ जना र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा १ जना तथा अनिवार्य अवकाश पूर्व एक तह विशेष बढुवा भएका प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

महानिरीक्षक अर्यालले संगठनमा सेवारत रहँदा पदोन्नतीको विशेष महत्व हुने र पदोन्तीसँगै प्राप्त जिम्मेवारी, सकारात्मक, सोच, दृष्टिकोण र कार्यशैलीकासाथ कार्यक्षेत्रमा संगठनप्रति निष्ठावान हुँदै कार्यसम्पादन गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?