राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

`

     २०८२ भाद्र ०१ गते ३:२८

काठमाडौं, भदौ १ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा राष्ट्रपति पौडेलले एक मित्र एवं निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताए ।

उनले नेपाल र भारतबीच शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रही आएको बताए। दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?