सरकारले तोक्यो वर्षे धानको न्यूनतम समर्थन मूल्य

`

     २०८२ श्रावण ३० गते १:१३

काठमाडौं, २९ साउन । सरकारले चालु आर्थिक वर्ष २०८२\८३ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६ सय २८ रुपैयाँ निर्धारण गरिएको छ ।

गत वर्ष सरकारले वर्षे धानको मोटाको ३ हजार ४ सय १० र मध्यमको ३ हजार ५ सय ८० रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?