अशोक राई र राजेन्द्र महतोले एकता उन्मुख कार्यगत एकता गर्दै

`

     २०८२ श्रावण २९ गते ७:०७

काठमाडौँ, श्रावण २८ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने भएको छ । दुवै दलबीच विहिबार कार्यगत एकता घोषणा गर्ने तयारी भएको छ ।

कुनै समय एकै दलमा रहेका अशोक राई र राजेन्द्र महतो हाल अलग अलग पार्टी बनाएर राजनीति गरिरहेका छन् ।

विहिबार दिउसो ३ बजे नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेशमा हुने कार्यक्रममा दुवै दलबीच एकता उन्मुख कार्यगत एकता हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?