काठमाडौँ, श्रावण २७ । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् ।
मंगलबार प्रदेश सभा बैठकमा बानियाँको विश्वासको मतको प्रस्तावको पक्षमा ६३ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो । त्यस्तै ७ सांसद तटस्थ बसेका थिए । ११० सदस्यीय बागमती प्रदेशमा मतदान प्रक्रियामा ९२ सांसद सहभागी भएका थिए ।
कांग्रेसमा आन्तरिक विवाद भएपनि अन्तिम समयमा बहादुरसिंह लामा पक्षले विश्वासको मत दिने भएपछि आजको प्रदेश सभाको बैठक शुरु भएको थियो ।




