काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद शिशिर खनाल र राप्रपाकी सांसद बिना लामाले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
सांसद खनालएल भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए ।
त्यस्तै राप्रपा सांसद लामाले आफुहरुको मागमा संसदले कुनै पहल नगरेको भन्दै सरकारले आफुहरुको मागलाई हलुका रुपमा लिएको आरोप लगाएकी छन् ।




