रवि लामिछाने निर्दोष छन् : रास्वपा

`

     २०८२ श्रावण २४ गते ७:२१

काठमाडौँ, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछाने निर्दोष रहेको र उनीमाथि प्रतिशोधपूर्ण तरिकाले अभियोजन लगाइएको दाबी गरेको छ ।

केन्द्रीय समिति बैठकपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता मनिष झाले लामिछानेमाथि लगाइएको अभियोग राजनीतिक प्रतिशोध बाहेक केही नभएको भन्दै कानुनी र राजनीतिक लडाइँ जारी राख्ने बताएका हुन् ।

प्रवक्ता झाले अन्य दलका नेताहरूको नैतिक आचरणमाथि प्रश्न उठाउँदै सरकार र प्रहरी प्रशासनले दोहोरो मापदण्ड अपनाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?