उत्तरकाशीको बाढीमा एक दर्जनभन्दा बढी नेपाली बेपत्ता

`

     २०८२ श्रावण २३ गते ८:०९

काठमाडौँ, श्रावण २२ । गत मंगलबार भारतको उत्तराखण्डको उत्तरकाशीको धरालीमा गएको भीषण बाढीमा परी जाजरकोट र जुम्लाका ७ जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएको खुलेको छ ।

जाजरकोटको कुशे गाउँपालिकाले विज्ञप्ति जारी गरी बेपत्ता भएकाहरूको खोजीका लागि आवश्यक कूटनीतिक पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ । बाढी पहिरोमा परेर १३ जना भन्दा बढी बेपत्ता रहेको परिवारका सदस्यले जानकारी दिएको गाउँपालिकाले जानकारी दिएको छ ।

यस विषयमा परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म औपचारिक जानकारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?