काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले हजारौं नेपालीलाई ठगी गरेका जिबी राईलाई किन नेपाल ल्याउन सकिएन भनेर प्रश्न गरेका छन्।
सभामुखमार्फत् सांसद शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई उक्त प्रश्न गरेका हुन्।
साथै उनले सहकारी पीडितलाई ५ लाखसम्मको रकम फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
‘प्रधानमन्त्री विदेशबाट स्वदेश फर्कनासाथ सहकारी पीडितलाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रक्रियामा अविलम्ब गति बढाउनुपर्छ,’ उनले भने।
‘सहकारी ठग कोही जेल गए, अझै पनि कयैंलाई कारबाही दायरामा ल्याउनलाई ढिलाइ किन भइरहेको छ?,’ शर्माले प्रश्न गरे, ‘जिबी राईका दुई पार्टनर (रवि लामिछाने र छविलाल जोशी) जेलमा छन् तर जिबी राईलाई मलेसियाबाट नेपाल ल्याउने परिणाममा पुगेको छैन?’




