एमसीसीमा देउवाभन्दा ओली झन कडा : अध्यक्ष दाहाल

`

     २०८२ श्रावण २२ गते ३:३४

काठमाडौँ, श्रावण २१ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसभन्दा एमाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास हुनुपर्छ भन्नेमा बढी पक्षधर रहेको आरोप लगाएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

एमसीसी जस्ताको त्यस्तै हुनुपर्छ भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवाभन्दा एमाले अध्यक्ष केपी शर्मा ओली झनै कडा पाएको दाहालको भनाइ छ । अध्यक्ष दाहालले आफूहरूको बारम्बारको प्रयासपछि मात्रै व्याख्यात्मक टिप्प्णीसहित एमसीसी पास गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?