हेटौँडा, २० साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार नागरिकप्रति उत्तरदायी भएर अघि बढ्ने बताएका छन् । उनले नागरिकको आवश्यकता र विकासका काममा जिम्मेवार जवाफदेहीताका साथ प्रदेश सरकार अघि बढ्ने बताए ।
मुख्यमन्त्री पदको सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै बानियाँले सरकारले सबैलाई समेटेर समृद्ध बागमती निर्माणमा अघि बढ्ने बताए । प्रदेश माथि उठेका चुनौती सामना गर्दै व्यस्थापनको दिशामा सरकार अघि बढने उनको भनाइ छ । प्रदेशमा रहेका मन्त्रालयको संख्या नबढाउने र भएकै मन्त्रालयलाई व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।



