काठमाडौँ, २० साउन । प्रहरीले शर्मिला वाइबालाई पोखराबाट पक्राउ गरेको छ । आफूलाई अभियन्ता दाबी गर्ने वाइबा मंगलबार पोखराको लेकसाइडबाट पक्राउ परेकी हुन् ।
साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले रातोपाटीलाई बताए ।
वाइबालाई म्याद थप र अनुसन्धानको लागि काठमाडौँ ल्याइँदै छ ।




