सप्तकोशीमा पानीको बहाव फेरी बढ्दै

`

     २०८२ श्रावण २० गते ११:५३

काठमाडौँ, श्रावण १९ । सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा बढ्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण पानीको बहाव विस्तारै बढिरहेको कोशी ब्यारेजले जानकारी दिएको छ ।

सोमबार पछिल्लो अपडेट अनुसार अहिले कोशी ब्यारेजमा एक लाख ७५ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ ।

यसअघि आइतबार कोशी ब्यारेजमा एक लाख ९१ हजार ९० क्युसेक प्रतिसेकेण्डसम्म पानीको बहाव पुगेर घटेको थियो तर सोमबार बिहानदेखि फेरी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?