माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आजपनि बस्दै

`

     २०८२ श्रावण १८ गते ११:५८

काठमाडौं, श्रावण १७ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आजपनि बस्दैछ ।

शुक्रबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र बोलेका थिए । बैठकमा प्रचण्डले पोखरामा पुगेर रोकिएको अभियानलाई भदौ दोस्रो सातापछि लमजुङबाट पुनस् सुरु गर्ने प्रस्ताव गरेको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।

बैठकमा प्रचण्डले अभियानका साथै समाजवादी मोर्चा, पार्टीको आन्तरिक एकता र आगामी केन्द्रीय कमिटीबारे जानकारी गराएको पोखरेलले बताए । साथै प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठक दशैं र तिहारको बीचमा बस्ने प्रस्ताव समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?