अख्तियार प्रमुखविरुद्ध नै अख्तियारमा उजुरी दर्ता

`

     २०८२ श्रावण १२ गते १२:५०

काठमाडौँ, ११ साउन । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । युवराज पौडेलले आज उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?