राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता

`

     २०८२ श्रावण १० गते ११:१७

काठमाडौँ, ९ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबिच भेटवार्ता भएको हो ।

भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?