काठमाडौँ, असार ३२ । नेकपा एमालेका नेता राजन भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले चलाएको हस्ताक्षर अभियानले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले रास्वपाले सर्वोच्च अदालतको निर्णयविरुद्ध सञ्चालन गरिएको हस्ताक्षर अभियानले लोकतन्त्रका आधारभूत मुल्य र मान्यतामाथि प्रश्न उठाएको बताएका हुन् ।
उनले लोकतन्त्रमाथिको चुनौती कहिलेकाहीँ लोकतन्त्रका पक्षपातीबाटै आउने गरेको उल्लेख गर्दै सर्वोच्च अदालत जस्तो स्वतन्त्र र संवैधानिक निकायको निर्णयमाथि निहित राजनीतिक उद्देश्यसहित प्रहार गर्नु लोकतन्त्रकै मर्ममाथिको प्रहार भएको बताएका छन् ।




