अध्यक्षमाथि प्रश्न गर्नुपर्ने हुनसक्छ

`

     २०८२ आषाढ २८ गते २:३६

काठमाडौं, असार २८ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालको विषयमा आफूहरूले पनि प्रश्न गर्ने अवस्था आउनसक्ने बताएका छन् ।

पतञ्जली जग्गा प्रकरणमा ३५ लाख धरौटीमा रिहा भएका अध्यक्ष नेपालबारे आफूले पार्टी बैठकमा दस्तावेजसहितको मत राखेको जानकारी गराउँदै खनालले यस्तो बताएका हुन् ।

शनिबार चीन भ्रमण सकेर स्वेदश फर्किएका खनाललाई सञ्चारकर्मीहरूले ‘भ्रष्टाचारको आरोप लागेर ३५ लाख धरौटीमा छुट्नुभएका तपाईंका पार्टी अध्यक्षले नेतृत्व गरेर पार्टी सबल र राम्रो हुन्छ भन्नेकुरा कसरी विश्वास गर्ने’ भनेर प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?