एजेन्सि,असार २८ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा हैजाको प्रकोप उच्च भएको छ । संक्रमण अझै बढ्दै गएको स्वास्थ्यमन्त्री रोजर काम्बाले बताए ।
आफूहरु महामारीको उच्च तहमा रहेको र केसहरु अझै बढिरहेको उनको भनाए छ । देशभर ३३ हजार भन्दा बढी बिरामीहरु रेकर्ड गरिएको जानकारी दिए ।
१७ लाखभन्दा बढी मानिसहरू बसोवास गर्ने राजधानी किन्शासामा हाल हप्तामा लगभग १३० नयाँ केसहरू दर्ता भइरहेका छन् । सरकारले किन्शासामा नयाँ उपचार केन्द्रहरू खोल्दै पुष्टि भएका बिरामीहरूलाई निःशुल्क हेरचाह प्रदान गर्दैछ ।




